६ आश्विन २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान, वैशाख ३० गतेसम्मको समय

प्रकाशित मिति :  10 May, 2021 9:48 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

आज बेलुकी अबेर राष्ट्रपति भण्डारीले संविधानको धारा धारा ७६ को उपधारा(२) बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई वैशाख ३० गते बिहीबार साँझ ९ बजेसम्म राष्ट्रपति समक्ष दाबी गर्न आह्वान गरेको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि सूचना जारी गरेकी हुन् ।

आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !