७ आश्विन २०८१, सोमबार

बहराइनका राजकुमारको टोलीद्वारा सगरमाथाको सफल आरोहण

प्रकाशित मिति :  11 May, 2021 8:17 am


काठमाडौं । बहराइनका राजकुमारको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन्।

आज बिहान राजकुमारको टोलीले सगरमाथाको सफल आरोहण गरेको हो । सभेन समिट ट्रेक्सका अनुसार आज बिहान नेपाली समय ५ः३० देखि ६ः४५ बजेको बीचमा टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी गराएका    छन् ।

आरोहण टोलीको नेतृत्व बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार शेख नसिद बिन हमाद अल खलिफाले गरेका हुन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो बहाइनी समेत बनेका छन् ।

सगरमाथाको नयाँ उचाई ८८४८.८६ घोषणा भएपछि बहराइनको राजकुमारको टोली पहिलोपटक चुचुरो पुग्ने अन्तर्राष्ट्रिय टोली बनेको सेभेन समिट ट्रेक्सले दाबी गरेको छ।

आरोहण टोलीमा राजकुमारसहित बहराइनको रोयल गार्डका १२ सदस्य सहभागी भएको सेभेन ट्रेक्सले उल्लेख गरेको छ । राजकुमारको टोलीलाई सगरमाथा पुर्‍याउन १९ वर्षीय टासी शेर्पा नेतृत्वको टोलीले साथ दिएका थिए।

बहराइन राजकुमार हमादको टोली सगरमाथा आरोहणका लागि १५ मार्च २०२१ मा नेपाल आएको थियो । यसअघि राजकुमारको टोलीले लुबुचे र मनासलु हिमालको सफल आरोहण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !