७ आश्विन २०८१, सोमबार

पोखरामा उपचाररत रुपन्देहीका २ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  11 May, 2021 12:36 pm


काठमाडौं । पोखरामा उपचार गराईरहेका रुपन्देहीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराईरहेकी बुटवल उपमहानगरपालिका-११ कि ५५ वर्षीय महिलाको गएराति निधन भएको   हो । उनलाई वैशाख २५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यस्तै रुपन्देहीकै सैनामैना नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ ।

उनको आज बिहान साढे ४ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनलाई पनि वैशाख २५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !