३ आश्विन २०८१, बिहिबार

प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा

प्रकाशित मिति :  1 January, 2020 8:42 pm


sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfnL sfªu|];sf ;efklt b]pjf Og?jf, !^ k’; . g]kfnL sfªu|]; ;’g;/Ln] ;b/d’sfd Og?jfdf a’waf/ cfof]hgf u/]sf] $$cf}+ /fli6«o Pstf tyf d]nldnfk Pj+ ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfnL sfªu|];sf ;efklt z]/axfb’/ b]pjf . t:jL/ M clhts’df/ emf, /f;;

इनरुवा, १६ पुस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताउनुभएको छ । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उहाँले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताउनुभयो ।

प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उहाँले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताउनुभयो । प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको सभापति देउवाले आरोप लगाउनुभयो ।

अहिले सरकारले संसद्मा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गर्नुभयो । उहाँले नेकपाले अहिलेकोसम्म सभामुखको उम्मेद्धवार चयन गर्न नसकेकाले काँगे्रसलाई सभामुख दिए भोलि नै उम्मेद्ववार दिएर दिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनरवास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गर्नुभयो । अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बिपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !