७ आश्विन २०८१, सोमबार

बुटवलको कोरोना विशेष अस्पतालमा थप १० जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  11 May, 2021 12:50 pm


रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत रुपन्देहीसहित विभिन्न जिल्लाका लागि २४ घण्टाको अवधिमा १० जनाको ज्यान गएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला छन् ।

मृत्यु हुनेमा रुपन्देहीकी ५१ वर्षीया महिला, प्यूठानको गौमुखी–७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष, रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष, बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल–१७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमणसँगै धेरै जसोमा स्वास प्रश्वासमा समस्या र निमोनिया रहेको डाक्टर गौतमको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !