१३ मंसिर २०८१, बिहिबार

काठमाडौं नागार्जुन नगरपालिकामा अक्सिजन अभाव, उपलब्ध गराइदिन सरकारसँग माग

प्रकाशित मिति :  11 May, 2021 1:06 pm


काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा अक्सिजनको अभाव भएको छ ।

आइसोलेसन सेन्टरमा भएको मौज्दात अक्सिजन सकिएको भन्दै नगरपालिकाले अक्सिजनका खाली सिलिण्डर भए उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ ।

आज बसेको नगर कार्यपालिका बैठकले मौज्दात अक्सिजन सकिएको भन्दै सहज उपलब्ध गराइदिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरभित्र रहेका निजी क्षेत्रका अस्पतालसँग आपसी सम्झौता गरी उपचार व्यवस्था मिलाउन नगर उप्रप्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

नगर कार्यपालिका बैठकले गरेका निर्णयहरु हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !