७ आश्विन २०८१, सोमबार

संकटमा कालोबजारी : काठमाडौंमा ७६५ थान अक्सोमिटरसहित ७ जना पक्राउ

प्रकाशित मिति :  11 May, 2021 1:39 pm


काठमाडौं । काठमाडौंमा लुकाएर अवैध रुपमा बिक्री गरिएका ७६५ थान अक्सोमिटरसहित ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय, महानगरीय अपराध अनुसन्धान महाशाखा,औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले अवैध अक्सोमिटर र ७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हिजो पक्राउ परेका ७ जनालाई नै नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रकृया अगाडि बढाइएको जानकारी गराएका छन् ।

पक्राउ परेका पर्नेमा सिन्धुली कमलामाई नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ,बाजुरा खप्तड गाउँपालिका वडा नं ६ घर भई हाल ललितपुर महानगरपालिका ५ कुपण्डोल बस्ने थुमराज उपाध्याय,स्याङ्जा पंचमुल गाउँपालिका ६ घर भई हाल ललितपुर महानगरपालिका १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी रहेका छन् ।

त्यस्तै सुनसरी ईनरुवा नगरपालिका ६ घर भई हाल काठमाडौं भिमसेनगोला बस्ने चिरायु केडी ग्रुपमा काम गर्ने पुष्कर घिमिरे मोरङ बिराटनगर महानगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनीमा कार्यरत बिशाल आचार्य सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं बागबजार बस्ने सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल काठमाडौं ढुङ्गेअड्डा बस्ने जगदिश प्रसाद रानासरिया पनि पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस !