७ आश्विन २०८१, सोमबार

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो

प्रकाशित मिति :  11 May, 2021 2:03 pm


काठमाडौं । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन् ।

यसअघि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप लगाइएको थियो ।

कारोना संक्रमण बढ्दै गएपछि २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप्ने निर्णय भएको हो ।



प्रतिक्रिया दिनुहोस !