७ आश्विन २०८१, सोमबार

विप्लव नेतृत्वको नेकपाद्वारा कपिलवस्तुको शिवराजमा जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माण सुरु

प्रकाशित मिति :  11 May, 2021 3:38 pm


कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाँभारमा जनस्वास्थ्य केन्द्र निर्माण सुरु गरेको छ ।

स्वास्थ्य केन्द्रका लागि बन्ने भवनको नेकपाका महासचिव नेत्र विक्रम चन्द‘विप्लव’ले शिलान्यास गरेका छन् । नेकपाले आफ्नै लगानीमा जनस्वास्थ्य केन्द्र सेवा केन्द्र भवनको निर्माण गर्न लागेको हो ।

भवनका लागि ६३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । भवन निमार्ण समितिका अध्यक्ष यादव चन्दले एक महिना भित्रै भवन निमार्णको काम सम्पन्न गरिने जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि सहजरुपमा विभिन्न सेवाहरु यस केन्द्रबाट प्रदान गर्ने बताए ।

उनले यस जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।



प्रतिक्रिया दिनुहोस !