७ आश्विन २०८१, सोमबार

कांग्रस नेता कण्डेलको पहलमा ६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

प्रकाशित मिति :  11 May, 2021 3:49 pm


परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् ।

नेता कण्डेलको पहल तथा एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा उक्त अक्सिजन सिलिण्डर प्रशासन कार्यालयमा बुझाइएको हो । नेता कण्डेलले कोरोना संक्रमितको उपचारका लागि २ सय थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने बताएका छन् ।

पहिलो चरणमा ६० थान अक्सिजन कोरोना संक्रमितको उपचारका लागि वितरण गर्न प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई हस्तान्त्ररण गरिएको नेता कण्डेलका सचिवालय सदस्य कमलकिसोर रायमाझीले जानकारी दिए ।

अक्सिजन सिलिण्डर लायन्स क्लब अफ बुटवल र लिओ क्लब अफ रामग्रामको व्यवस्थापनमा जल्लामा ल्याई प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

अक्सिजन सिलिण्डर,नेता कण्डेल बाहिर रहेकाले लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय,रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, लियो क्लब अफ रामग्राम अध्यक्ष विकाश घिमिरे, युवा सचेतना क्लबका अध्यक्ष ईमामुल अलि लगायतले उक्त ६० थान अक्सिजन सिलिण्डर प्रशासनलाई हस्तान्तरण गर्दै थप अक्सिजनहरु चाँडै उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

अक्सिजनहरु जिल्लाका कोभिड अस्पताल र आईशोलेशन सेन्टरहरुमा व्यवस्थापन गरि संक्रमित विरामीहरुलाई दिईने छ । यसबाट तत्काल जिल्लामा अक्सिजनको अभाव हटने र विरामीहरुलाई निकै राहत हुने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !