७ आश्विन २०८१, सोमबार

चितवनबाट तनहुँ जाँदै गरेको ट्रक मस्र्याङ्दीमा खस्दा दुई जनाको मृत्यु

प्रकाशित मिति :  11 May, 2021 4:15 pm


तनहुँ । मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उनले बताए ।

उनका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !