७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु

प्रकाशित मिति :  11 May, 2021 4:34 pm


अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का पुरूष र सन्धिखर्क नगरपालिका १ कै २८ वर्षीया महिला रहेका छन् ।

२८ वर्षीय महिलाको कोरोना संक्रमणको आशंका गरिएपनि परीक्षण रिपोर्ट आउन बाँकी छ ।

तीनै जनाको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिए । यससँगै अर्घाखाँचीबाट कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !