७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा ६२४ जना कोरोना संक्रमित थपिए, सबैभन्दा धेरै कास्की र स्याङ्जामा

प्रकाशित मिति :  11 May, 2021 5:03 pm


काठमाडौं । गण्डकी प्रदेशमा ६२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशभित्र ११५६ जनाको परीक्षण गर्दा ६२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६०३३ पुगेको छ । २४ घण्टामा सबैभन्दा धेरै कास्की र स्याङ्जामा संक्रमित भेटिएका छन् ।

निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा ३५६ जना र स्याङ्जामा ८६ जना संक्रमित भेटिएका छन् । त्यस्तै पर्वतमा ६० जना, नवलपरासी पूर्वमा ४५ जना तनहुँमा ३७ जना, गोरखामा २५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै म्याग्दीमा ८ जना, लमजुङ्मा ३ जना, मुस्ताङमा २ जना र बागलुङमा २ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !