रुपन्देहीमा थपिए ५५६ जना कोरोना संक्रमित,१४ जनाको मृत्यु
प्रकाशित मिति : 11 May, 2021 6:18 pm
रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५६ जना कोरोना संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
८१८ जनामा पिसिआर परीक्षण गर्दा ५५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यससँगै रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या ६५३० पुगेको छ । संक्रमितमध्य सबैभन्दा धेरै बुटवल उपमहागरपालिकामा १७९ जना रहेका छन् ।
रुपन्देहीमा कोरोना निको हुने दर ६४ प्रतिशत छ भने मृत्यु दर २ प्रतिशत रहेको छ ।