७ आश्विन २०८१, सोमबार

नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन

प्रकाशित मिति :  11 May, 2021 10:31 pm


काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ ।

एमालेमा पोलिटब्यूरो सदस्य समेत रहेका चौलागाईं कोरोना संक्रमित भएका थिए । उनको आज राति १० बजेतिर निधन भएको हो ।

बागमती प्रदेश सभा सदस्य चौलागाईं चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका थिए । उनी दोलखाबाट दुई पटक प्रतिनिधि सभाको सांसद निर्वाचित भएका  थिए ।

पछिल्लो पटक उनी नेकपा एमालेका माधव नेपाल पक्षका  बागमती प्रदेशका सहसंयोजक तोकिइएका थिए ।



प्रतिक्रिया दिनुहोस !