७ आश्विन २०८१, सोमबार

बागलुङमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

प्रकाशित मिति :  12 May, 2021 7:04 am


बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

ट्याक्सीमा सवार एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन् ।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छन् ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !