६ आश्विन २०८१, आइतबार

डा.बाबुराम भट्टराईको प्रस्ताव,‘सबै दलको सहभागितामा राष्ट्रिय सरकार,एक वर्षभित्र चुनाव’

प्रकाशित मिति :  12 May, 2021 8:13 am


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सबै दल सहभागितामा सरकार गठन गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशको संकट हल गर्न संविधानको धारण ७६(२) बमोजिम सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकारको बनाउन प्रस्ताव गरेका हुन् ।

उनले दलका प्रमुख तथा पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति बनाउनेपनि प्रस्ताव गरेका छन् । भट्टराईले साझा न्यूनतम कार्यक्रम, कोभिड नियन्त्रण, संविधान संसोधन, आर्थिक राहत लगायतका विषय लागु गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका हुन् ।

उनले लेखेका छन्,”देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!”

नयाँ सरकार गठनको विषयमा जसपाभित्रै विवाद छ । महन्थ ठाकुर नयाँ सरकार बनाउने प्रक्रियामा सहभागि नहुने बताएका छन् भने भट्टराई र उपेन्द्र यादव नयाँ सरकार गठन प्रक्रियाका लागि तयार भएका छन् । पार्टीको आन्तरिक विवादकैबीच भट्टराईको यो प्रस्ताव आएको हो ।



प्रतिक्रिया दिनुहोस !