६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा नयाँ सरकारका लागि समयसीमा सकिदै,कांग्रेस गठवन्धनलाई बहुमत पुराउन गाह्रो

प्रकाशित मिति :  12 May, 2021 11:46 am


पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणको तीन दिनको समयसीमा आज सकिदैछ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि प्रेदश प्रमुख सीता कुमारी पौडेलले राजीनामा स्वीकृत गदै नयाँ सरकार निर्माणका लागि तीन दिनको समयसीमा दिएकी थिइन् ।

गण्डकीमा एमालेविरुद्ध कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार निर्माणको प्रयास गरेपनि सफल हुन सकेका   छैनन् ।

गण्डकी प्रदेशसभामा निर्णायक बनेको राष्टिय जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि बहुमतको नयाँ सरकार बन्ने सम्भावना कमजोर बनेका छ ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन असफल भए फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने छन् । संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतले गुरुङले मुख्यमन्त्रीमा दाबी गर्ने छन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर नगर्ने पक्का भएको छ ।

उनले पार्टी कारबाही भोग्न तयार तर कांग्रेस नेतृत्वको सरकार बनाउने पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसले गर्दा कांग्रेस नेतृत्वमा सरकार बन्न कठिन देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !