तेस्रो त्रैमासमा शिवम् सिमेन्टले १ अर्ब ९ करोड खुद नाफा कमायो
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले तेस्रो त्रैमासमा उल्लेख्य खुद नाफा कमाएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट अनुसार यो अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष यही अवधिमा ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधीमा भने २६.५२ प्रतिशतले बढेर १ अर्ब ९ करोड खुद नाफा कमाएको हो ।
गत वर्ष यस अवधिमा उत्पादन विक्रीबाट ७ अर्ब ८ करोड रुपैयाँ कमाएको कम्पनीले यस वर्ष भने ३.८३ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष यस अवधिमा अन्य आम्दानी १ करोड १२ लाख रुपैयाँ पुराएको कम्पनीले यस वर्ष भने २४५.३ प्रतिशतले बढेर ३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ९.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) गत बर्षको तुलनामा ६ रुपैया ९२ पैसाले बढेर ३३ रुपैयाँ ३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ पुगेको छ। त्यस्तै समिक्षा अवधिमा कम्पनीको आम्दानी मूल्य अनुपात (पिई रेसियो) ४३.८१ गुणा रहेको छ ।