६ आश्विन २०८१, आइतबार

काठमाडौंमै दैनिक ८ देखि १० हजार सिलिण्डर उत्पादन हुने अक्सिजन कहाँ छ ? : नेता शर्मा

प्रकाशित मिति :  12 May, 2021 12:35 pm


काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता जनार्दन शर्माले काठमाडौंमा मात्रै दैनिक ८ देखि १० हजार सिलिण्डर उत्पादन हुने भनिएको अक्सिजनबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले दैनिक १० हजार सिलिण्डर अक्सिजन उत्पादन हुने भनिएको भन्दै उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

शर्माले भनेका छन्,“काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८/१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ?”

नेता शर्माले क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपतबारे जनतालाई जानकारी गराउन माग गरेका छन् ।

राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरि सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गर्न माग गरेका छन् ।

उनले भनेका छन्,“राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरू समेत प्रयोग गरि सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छु ।”



प्रतिक्रिया दिनुहोस !