७ आश्विन २०८१, सोमबार

चौलागाईंका निधनमा नेकपा (एमाले) तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

प्रकाशित मिति :  12 May, 2021 5:35 pm


काठमाडौं । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोक पुस्तिका पनि राखिनेछ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व।चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

साथै कार्यालयमा शोक पुस्तिकासमेत राखिएको छ । पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चौलागाईं दोलखाबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए ।

विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं भद्र, निष्ठावान् र इमान्दार नेता रहेका थिए । चौलागाईंको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनी हाल मध्यपुर थिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।रासस

 

 

 



प्रतिक्रिया दिनुहोस !