७ मंसिर २०८१, शुक्रबार

निषेधाज्ञामा यात्रुसँग बढी भाडा असुल्ने दुईजना पक्राउ

प्रकाशित मिति :  12 May, 2021 5:41 pm


काठमाडौं। उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई यात्रुलाई ठगी गर्ने पक्राउ परेका छन् ।

ट्राफिक महाशाखाका अनुसार, यसरी पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह र ३५ वर्षीय कृष्ण चौधरी रहेका छन । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए ।

त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको जानकारी दिइएको छ । पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति २५ सयदेखि तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भएपश्चात बढी भाडा लिई यात्रु ठग्ने बिरुद्ध कारबाही अभियान संचालन गरि छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !