६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ नियुक्त

प्रकाशित मिति :  12 May, 2021 6:16 pm


पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको हो । राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरेपनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमबिक्रम शाहीले आफुहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !