७ आश्विन २०८१, सोमबार

ऊर्जामन्त्री रायमाझीले अर्घाखाँचीमा पठाए अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री

प्रकाशित मिति :  12 May, 2021 6:21 pm


अर्घाखाँची । ऊर्जा , जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लामा विभिन्न स्वास्थ्य सामाग्री पठाएका छन् ।

मन्त्री रायमाझीले २३ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य साम्रगी पठाएका हुन् ।

रायमाझीले २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिएम १,८०० थान, एन्जिट ४,०० थान, सर्जिकल माक्स २,७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिल्ड ५० थान पठाएका हुन् ।

मन्त्री रायमाझीले आवश्यकता अनुसार थप स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला स्वास्थ्य सामाग्री पठाएका हुन् ।

मन्त्री रायमाझी आफैपनि वैशाख १३ गते सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।



प्रतिक्रिया दिनुहोस !