७ आश्विन २०८१, सोमबार

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ४ करोड रुपैयाँ निकासा

प्रकाशित मिति :  12 May, 2021 7:05 pm


काठमाडौं । महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले ४ करोड रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले २०० शैयालाई पुग्ने अक्सिजन प्लान्ट जडानका लागि आज ४ करोड रुपैयाँ थप बजेट बिनियोजन गरेको हो । बजेटका लागि सांसद निरुदेवी पालले पहल गरेकी थिइन् ।

छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना रहेको कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजनसहितमका सेवा दिनुपर्ने बिरामीहरु बढिरहेको र अक्सिजन प्लान्ट नभएकाले उपचारमा कठिनाई भइरहेको छ ।

स्वास्थ्य मन्त्राललाई बजेट विनियोजनबारे जानकारी गराउँदै लिक्युड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट जडान गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा ४ करोड रुपैयाँ थप निकासा गरिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !