७ आश्विन २०८१, सोमबार

बिराटनगरबाट ४० थान भरिएका अक्सिजन सिलिण्डर सेनाको हेलिकप्टरबाट रुपन्देहीमा

प्रकाशित मिति :  12 May, 2021 7:19 pm


काठमाडौं । बिराटनगरबाट ४० थान भरिएका अक्सिजन सिलिण्डर एयरलिफ्टमार्फत रुपन्देही पुराउने व्यवस्था मिलाइएको छ ।

बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंकमा रहेका खाली सिलिन्डर पठाउने गरि बिराटनगरबाट अक्सिजन भरिएका ४० थान सिलिन्डर सेनाको हेलिकप्टरबाट मार्फत भैरहवा आउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख विशराज सुवेदीले जानकारी दिए ।

भरिएका सिलिन्डर प्रादेशिक हस्पिटल र धागो कारखानामा सञ्चालित कोरोना विशेष हस्पिटलमा पठाइने प्रमुख सुवेदीले बताएका छन् । बुटवलमा रहेका खाली सिलिन्डर रिफिलका लागि फेरि बिराटनगर पठाइनेछ ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै प्रमुख सुवेदीले भने,“हो बिराटनगरबाट भरिएका अक्सिजन ल्याउने ब्यवस्था गरेका छौं यताबाट रिफिलका लागि हामी फेरि पठाउँछौं”

बुटवलमा पछिल्लो समय अक्सिजनको अभाव देखिएपछि बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंकमार्फत पहल सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !