६ आश्विन २०८१, आइतबार

कारबाही फिर्तापछि नेपाल पक्षका नेताको प्रतिक्रिया : अब सहमति बनाउन लाग्नुपर्छ

प्रकाशित मिति :  13 May, 2021 12:06 pm


काठमाडौं । कारबाही फिर्तापछि माधवकुमार नेपाल पक्षका नेताले अब सहमति बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

एमालेको आज बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ नेताको कारबाही फिर्ता लिएपछि नेपाल पक्षका नेता योगेश भट्टराईले हिजो भएको गल्ती सच्चाउनु राम्रो भएको टिप्पणी गरेका छन् ।

उनले अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्,“हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज सकिदै छ ।

विपक्षी गठवन्धनले समेत बुहमत पुराउन नसक्ने अवस्था बनेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !