गण्डकी प्रदेशमा थपिए ५०६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु
प्रकाशित मिति : 13 May, 2021 4:23 pm
काठमाडौं । गण्डकी प्रदेशमा ५०६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो २४ घण्टाको तथ्याङ्क सार्वजनिक गर्दै थप ५०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमित मध्य महिला २३१ र पुरुष २७५ छन् । संक्रमित मध्य सबैभन्दा धेरै कास्कीमा २१०, बागलुङ्मा ११९, नवलपरासी पूर्वमा ९१, तनहुँमा २७, जना भेटिएका छन् ।
त्यस्तै पर्वतमा ११ जना,स्याङ्जामा १६ जना, गोरखा र लमजुङ्कमा २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मुस्ताङ र मनाङमा भने कुनै संक्रमित भेटिएका छैनन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको ज्यान गएको छ । कास्कीमा ९, बागलुङ्मा ४ र म्याग्दीका १ जनमको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।