६ आश्विन २०८१, आइतबार

हाम्रो अगाडी एक मात्र बिकल्प हो विद्रोह : नेतृ झाँक्री

प्रकाशित मिति :  13 May, 2021 4:36 pm


काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षकी नेतृत्व रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता गर्दै छलफल सुरु गरेपछि नेतृत्व झाँक्रीको यस्तो धारणा आएको हो ।

उनले ट्वीट गर्दै भनेकी छन्,“ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न ।”

उनले प्रधानमन्त्री ओली आफूले संसद विघटन गरको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो काम भइरहेको समेत भनेकी छन् ।

नेतृ झाँक्रीले जनता,लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुको अगाडि एक मात्र्र विकल्प विद्रोह भएको उल्लेख गरेकी छन् । उनले आत्मसमर्पण गर्न नहुनेमा समेत जोड दिएकी छन् ।

उनले भनेकी छन्,“आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत   बनौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेका बेला नेतृ झाँक्रीको यो धारणा आएको हो ।



प्रतिक्रिया दिनुहोस !