६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

प्रकाशित मिति :  13 May, 2021 4:57 pm


काठमाडौं । नयाँ सरकार गठनको दाबीका लागि समय घर्किदै जाँदा नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

नयाँ सरकार गठनबारे निर्णय लिन अहिले साँझ ५ बजेपछि बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि बैठक बोलाएका हुन् । छलफलमा दुबै दलबीच सरकार गठनका लागि दाबी गर्ने सहमति भएको छ ।

तर, अहिलेसम्म कांग्रेस र माओवादी केन्द्रको गठवन्धनमा बहुमत पुग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !