६ माघ २०८१, आइतबार

एक सय बेडका सबै निजी अस्पतालमा १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न सरकारको निर्देशन

प्रकाशित मिति :  13 May, 2021 5:15 pm


काठमाडौं । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरेर जानकारी गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जान थालेपछि कम्तिमा १ सय बेड भएका सम्पूर्ण निजी अस्पताललाई प्लान्ट जोड्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ यस्तो महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा सय वेड भएका सम्पूर्ण निजी अस्पतालहरूले अस्पतालमा आजका मितिले पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउन हुन यस मन्त्रालयको मिति २०७८/१/२९ को निर्णय अनुसार अनुरोध छ ।”

मन्त्रालयले जटिल प्रकृतिका संक्रमितहरुको उपचारका लागि आति आवश्यक पर्ने मेडिकल अक्सिजनको माग दिनानुदिन बढिरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको मन्त्रालयको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !