६ आश्विन २०८१, आइतबार

अखिल क्रान्तिकारी अर्घाखाँचीद्वारा कोराना भाइरस विरुद्व जनचेतानमूलक कार्यक्रम

प्रकाशित मिति :  13 May, 2021 6:01 pm


अर्घाखाँची । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन्।

अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

संगठनका जिल्ला अध्यक्ष बाबुराम नेपाली नेतृत्वमा जिल्लामा जनस्वयंसेवक गठन गरि स्वास्थ्य सामग्री मास्र्क सेनिटाइजर लगायतका सामाग्री वितरण गर्दै कोभिड-१९ बाट बच्न र बचाउन अपिल गर्दै सार्वजनिक ठाँउहरुमा जनचेतनामूलक ब्यानर टासिंएको संगठनका जिल्ला सचिब गिरिजा खड्काले बताए ।

क्रान्तिकारी लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही ,कपिलवस्तु लगायतका जिल्लाहरुमा कोभिड(१९ विरुद्धको बच्न र बचाउन विद्यार्थीहरुले सचेतना मुलुक व्यानर टागेका छ्न् ।



प्रतिक्रिया दिनुहोस !