६ आश्विन २०८१, आइतबार
एमाले विवाद

ओली र नेपालबीचको छलफल सकारात्मक, नेपाल पक्षले सांसद पदबाट तत्काल राजीनामा नदिने

प्रकाशित मिति :  13 May, 2021 6:32 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल सकारात्मक बनेको देखिएको छ ।

आज दिउँसो झण्डै ४ घण्टा भएको छलफलपछि नेता नेपालले तत्कालका लागि सांसद पदबाट आफूहरुले दिने भनेको राजीनामा टरेको प्रतिकृया दिएका छन् । उनले सहमतिका लागि कार्यदल बन्ने समेत बताएका छन् ।

छलफलपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने,“राजीनामा दुईरचार दिनलाई ट¥यो, कार्यदल बन्छमिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।”

फागुन २८ को निर्णय फिर्ता गरेर २०७५ जेठ २ कै अवस्थामा पार्टी जीवनमा फर्काउनेबारे निरन्तर छलफल हुने नेता नेपालले बताए । पार्टीभित्र अन्तरसंघर्ष चर्किएपछि माधव नेपालसहित ४ जना नेतालाई कारबाही गरिएको थियो । एमाले स्थायी कमिटी बैठकले आज मात्रै नेता नेपालसहितका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो ।

कारबाही फिर्तापछि अध्यक्ष ओली र नेता नेपाल छलफलमा बसेका हुन् ।

नेपाल पक्षले तत्काल राजीनामा नदिएपछि ओलीलाई ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो सहज भएको छ । आज बेलुकी ९ बजेसम्म सरकार गठनका लागि दिएपनि विपक्षी दलले बहुमत पुराउने सम्भावना देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस !