६ आश्विन २०८१, आइतबार

विवेकशील साझा पार्टी रौतहटले भन्यो,‘विपत कोषको रु १७ करोड संक्रमितको उपचारमा परिचालन गर’

प्रकाशित मिति :  13 May, 2021 8:13 pm


काठमाडौं । विवेकशी साझा पार्टी रौतहटले जिल्लाको विपत व्यवस्थापन कोषमा रहेको १७ करोड रुपैयाँ रहेको भन्दै उक्त रकम कारोना रोकथाम तथा न्युनिकरणमा परिचालन गर्न माग गरेको छ ।

कोरोन संक्रमणका कारण जिल्लाको अवस्था गम्भीर भएको भन्दै कोषको रकम परिचालन गरेर पूर्वाधार तयार गर्न माग गरेको हो ।

जिल्ला अध्यक्ष लखिन्द्र कुमार गुप्ताले आज एक विज्ञप्ति जारी गर्दै छिटो रौतहट लगायत लगायत प्रदेश न.२ को हरेक जिल्लामा अक्सिजन, आइसीयु लगायतका सुविधा सम्पन्न आइसोलेन तथा कोभिड अस्पताल निर्माण गरेर जनतालाई निशुल्क सेवा गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“रौतहट जिल्लामा चाँडो भन्दा चाँडो जिल्ला अस्पतालको लागि खाली रहेको दरबन्दीको लागि दक्ष चिकित्सकहरुको टोलीको व्यवस्था मिलाउन  जिल्ला अस्पतालको व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीका साथै प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।”

कोरोना संक्रमित तथा संकास्पद व्यक्तिहरूलाई आइसोलेसन तथा कोभिड अस्पतालमा बेड पाउनुको साथै अक्सिजन, आईसियु, भेन्टिलेटर लागायत आवश्यक पर्ने हरेक सुविधाको आवश्यकता रहेको अवस्थामा पनि सरकार पूर्ण जिम्मेवार नभएको विवेकशी साझा पार्टीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !