६ आश्विन २०८१, आइतबार

बाबुराम भट्टराईले भने : ओली पुन : चतुर देखिए

प्रकाशित मिति :  13 May, 2021 8:26 pm


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिमा केपी शर्मा ओली पुनः चतुर सावित भएको बताएका छन् ।

नयाँ सरकार गठनका लागि विपक्षी दलले बहुमत पुराउन नसकेपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सिद्धान्तहिनता,खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएको बताएका हुन् ।

भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बनापूर्ण भएको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ । सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन् ।”

नेता भट्टराईले ओलीको विकल्प खोज्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भनेका छन्,“अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं !”



प्रतिक्रिया दिनुहोस !