६ आश्विन २०८१, आइतबार

एमाले अध्यक्ष केपी शर्मा ओली पुन : प्रधानमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  13 May, 2021 10:22 pm


फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन : प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयभित्र अन्य कुनै दलले दाबी नगरेपछि संविधानका धारा ७६ को ३ अनुसार  ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

ओलीले यसअघि वैशाख २७ गते विश्वासको मत लिएका थिए र संसदबाट विश्वासको मत प्राप्त नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन नयाँ सरकार गठनका लागि आज बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन् । तर तोकिएको समयभित्र कसैले सरकार नेतृत्वको दाबी गर्न गएन ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा रहेको ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने छ ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रयास गरेको थियो । ओली विरुद्व नयाँ सरकार बन्नका लागि जनता समाजवादीको पूर्ण समर्थन चाहिन्थ्यो या त माधव नेपाल पक्षले सांसद पदबाट राजीनामा दिनुपथ्र्यो ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले विपक्षी गठवन्धनलाई साथ दिएन भने ओलीले माधवकुमार नेपाललगायतका नेतामाथि गरेको कारबाही आजै फिर्ता लिए ।

कारबाही फिर्ता लगत्तै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच झण्डै ४ घण्टा वार्ता भयो । वार्ता सकारात्मक भएको भन्दै नेपाल पक्षले तत्काल राजीनामा नदिने निष्कर्षमा पुग्यो जसले ओलीलाई पुन प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्यो ।

विपक्षी गठवन्धन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन चाहन्थ्यो तर बहुमत पुग्ने स्थिति नबनेपछि सम्भव भएन ।



प्रतिक्रिया दिनुहोस !