६ माघ २०८१, आइतबार

रोल्पा त्रिवेणी गाउँपालिकाका अग्निपीडितलाई २५ लाख रुपैयाँ भन्दा बढीको राहत वितरण

प्रकाशित मिति :  14 May, 2021 7:47 am


रोल्पा ।  रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई २५ लाख रुपैयाँ भन्दा बढीको राहत प्रदान गरिएको    छ ।

नुवागाउँमा उनीहरूलाई राहत सामाग्रीसहित सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडा, भाडाकुडा, बिद्यार्थीहरूलाई कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो ।

हिजो एक कार्यक्रमका बीच उनीहरूलाई २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत प्रदान गरिएको छ ।

रोटेरी क्लब अफ महाबौद्ध पाटन, रोटेरी ईन्टरनेशनल ३२९२ नेपाल–भुटान, रोटेरी क्लब अफ दरबारमार्ग काठमाडौ, रोटेरी क्लब अफ काठमाडौ मेट्रो, रोटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र रोटरि क्लब अफ महाबौद्वको संयुक्त आयोजनामा राहत वितरण वितरण गरिएको थियो ।

राहतका लागि माईक्रो क्रेडिट प्रोग्राम, रोटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके, गोरखा ग्रुप प्रा.ली.प्रालि र त्यसका ७ वटा शाखाहरू, गोर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौकी सह–संयोजक ईश्वरी जिएमले जानकारी दिइन् ।

३६ घरधुरी पीडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएको छ । दाङको गोर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर पिडितलाई स्वास्थ्य सेवा पनि दिएको छ ।

गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा काठमाडौका संयोजक मान बहादुर बुढामगर, सहयोग समितिका सह संयोजक तथा राप्ती समाज युकेका सह– कोषाध्यक्ष, समाजसेवी हरि बुढामगरको विशेष पहलकदमिमा विभिन्न संघ संस्थाले सहयोग गरेका हुन् ।

आगलागिपछि अर्काको घरमा आश्रय लिएर बसेका अग्निपिडितहरु बस्ने टेन्ट सहित आबश्यक सबै सामग्रीहरु पाएपछि खुशी व्यक्त गरेका छन् ।

अग्निपीडित पार्वती सेन सेन ठकुरीले आफूले समाजसेवी पार्वती बुढामगरबाट बाख्रा किन्नको लागि थप १० हजार सहयोग पनि पाएको भन्दै खुशी व्यक्त गरिन् ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष साबित्रा बुढा र २ नं. वडा अध्यक्ष कबिराज बुढामगरले आगलागिपछि ठूलो परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिईएको भन्दै सहयोगी संस्थाहरूलाई धन्यवाद दिएका छन् ।

समाजसेवी मान बहादुर बुढा र हरि बुढामगरले अग्निपिडितहरूलाई थप सहयोगको आवश्यक परे पुनः पहलकदमि लिने प्रतिबद्धता समेत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !