६ आश्विन २०८१, आइतबार

पुन: प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहण दिउँसो २ : ३० बजे

प्रकाशित मिति :  14 May, 2021 9:08 am


फोटा : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । पुन : प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले दिउँसो पद तथा गोपनीयताको सपथग्रहण गर्ने भएका छन् । हिजो राष्ट्रपतिबाट नियुक्त भएपछि ओलीले राष्ट्रपति भवन शितल निवासमा आज दिउँसो साढे २ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

यसअघिका सबैमन्त्री पदमुक्त भएपछि ओलीले नयाँ मन्त्रीबारेपनि गृहकार्य थालेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन हिजो बेलुकी ९ बजेसम्मको सयम दिएर गठवन्धन सरकारको दाबी गर्न समय दिएकी थिइन् ।

तर सरकार निर्माणको कसरत गरेका विपक्षी दलले बहुमत पुराउन असफल भएपछि ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुन नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !