७ आश्विन २०८१, सोमबार

अक्सिजन सहज वितरणका लागि स्वास्थ्य मन्त्रालयद्वारा २४ सै घण्टा खट्ने टिम परिचालन

प्रकाशित मिति :  14 May, 2021 12:04 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजन सहज वितरणका लागि २४ सै घण्टा खट्ने गरि २ वटा टिम बनाएको छ । आजको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयले टिम (क) र (ख) बनाएर २४ सैं घण्टा सहजिकरण गर्ने छ ।

टिम (क) मा प्रमुख स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद शाह र उपसचिवम महेश पाण्डे रहेका छन् भने टिम (ख)मा प्रमुख मे.सु. रोशन न्यौपाने र उपसचिव सानुबाबु अधिकारी रहेका छन् ।

समन्वयका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाई मोबाइल नम्बर तथा [email protected] सम्पर्क गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस !