७ आश्विन २०८१, सोमबार

सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो खोप लगाए

प्रकाशित मिति :  14 May, 2021 12:32 pm


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्डको दोश्रो खोप लगाएका छन् ।

संघीय संसद भवन नयाँ वानेश्वरमा सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो खोप लगाएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संसद सचिवालयले नयाँबानेश्वर स्थित संघीय संसद् भवनको लोत्से हलमा आजदेखि ३ दिनसम्मका लागि दोस्रो खोपको व्यवस्था गरिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने छन् ।

लोत्सेहलमा सांसद, पदाधिकारीका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाईने संसद सचिवालयले जनाएको छ ।

भोली संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरू,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षासंग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारलाई खोप लगाइने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !