रोल्पाको सुुनिलस्मृति गाउँपालिका क्षेत्र सिल गर्ने निर्णय
प्रकाशित मिति : 14 May, 2021 1:09 pm
रोल्पा । कोरोना संक्रमित धेरै देखिन थालेपछि रोल्पाको सुनिलस्मृति गाउँपालिका सिल गरिएको छ ।
आज बसेको गाउँपालिकाको बैठकले आजदेखि जेठ ५ गतेसम्म गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । गाउँपालिका भित्र ४५ जनामा परीछाण गर्र्दा २२ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको अध्यक्ष गुणेन्द्र घर्तीले बताएका छन् ।
रोल्पामा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ । तर गाउँपालिकाभित्र ठूलो संख्यामा कोरोना संक्रमित हुनसक्ने आशंकामा सिल नै गर्ने निर्णय गरिउको अध्यक्ष घर्तीको भनाई छ ।
गाउँपालिका बैठकले गाउँपालिका कार्यालय र सबै वडा कार्यालयबाट अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गर्नुका साथै सबै सवारी पास समेत स्थगित गर्ने निर्णय गरेको छ ।
यसअघि खुंग्री, सुलिचौर र रुईनीवाङ बजार क्षेत्रमात्रै सिल गर्ने निर्णय गरिएको थियो ।