७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा थप्ने निर्णय

प्रकाशित मिति :  14 May, 2021 1:22 pm


अर्घाखाँची । अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरको हो । कोरोनाको दोस्रो लहर सुरु भएछि अर्घाखाँचीमा वैशाख २० देखि ३१ गतेसम्म निषेधाज्ञा लागु गरिएको थियो ।

तर संक्रमण कम नभएपछि डिसिसिएमसीले निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

थपिएको निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म कायम हुने छ । बैठकले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा कोरोनाको लक्षणको आशंका भएमा स्वास्थ केन्द्र जान सबैमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !