६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको सपथग्रहण, मन्त्री सबै पुरानै दाहोरिए

प्रकाशित मिति :  14 May, 2021 2:52 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मन्त्री र राज्यमन्त्री भने पुरानै दोहारिएका छन् ।

प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भण्डारीले शीतल निवासमै पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।

तीन जना राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

केपी ओली हिजो पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि राष्ट्रपति भण्डारीले सोही दिन हिजो बेलुकी ९ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको समय दिएकी थिइन् ।

तर नयाँ सरकार गठनको पहल गरेका कांग्रेस र माओवादी केन्द्रले बहुमत पुराउन नसकेपछि ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !