६ आश्विन २०८१, आइतबार

भ्रष्टाचार गर्नेमाथि कडा रुपमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीको भनाई

प्रकाशित मिति :  14 May, 2021 4:19 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिँदा उच्चारण गरेका एक एक शब्द र वाक्यको पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदबहालीपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार देश र जनताप्रति पूर्ण बफादार रहेने बताए ।

उनले भने,“देश र जनताप्रति पूर्ण बफादार रहने गरि मैले सपथ लिएको छु यो सरकार एक एक त्यसको शब्द र वाक्य पालना गर्दै अगाडी बढ्ने छ ।”

उनले सपथको निष्कृ होइन सकृयतापूर्वक कार्यान्वयनका निम्ति प्रयास गर्ने बताए । प्रधानमन्त्री ओलीले यो संकटका बेला भ्रष्टाचार गर्नेलाई उनले नछोड्ने चेतावनी दिए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधिजन्य तथा उपकरणहरुमा अनुचित लाभ लिने काम गर्छ भने कडाइका साथ कारबाही हुने बताए ।

उनले यसमा साथ दिन कर्मचारी तथा सुरक्षा निकायलाई समेत धन्यवाद दिए । प्रधानमन्त्री ओलीले सार्वजनिक सम्पतिको हरेक रुपैयाँमात्रै होईन पैसापनि सही ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !