भेरी अस्पतालसहित ३ वटालाई ५ करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने अर्थ मन्त्रालयको निर्णय
प्रकाशित मिति : 14 May, 2021 4:56 pm
काठमाडौं । नवनियुक्त अर्थ मन्त्री विष्णु पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जोड्न तीन वटा अस्पतालाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।
आज पुनः सपथग्रहणपछि पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।
निर्णय अनुसार डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जले उक्त रकम पाउने छन् ।
प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका क्रममा यसअघिकै मन्त्रीलाई निरन्तरता दिएपछि अर्थ मन्त्रीमा पौडेलले नै जिम्मेवारी पाएका हुन् ।