७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थपिए ६८० जना कोरोना संक्रमित,२३ जनाको मृत्यु

प्रकाशित मिति :  14 May, 2021 5:11 pm


काठमाडौं । गण्डकी प्रदेशमा ६८० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्य आधाजति कास्कीमा मात्रै छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार कास्कीमा मात्रै ३०६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा ८७ जना, गोरखामा ७४ जना, लमजुङमा ४६ जना, म्याग्दीमा ५२ जना,पर्वतमा ६१ जना संक्रमित भेटिएका छन् । त्यस्तै तनहुँमा २७ जना, स्याङ्जामा २३ जना र बागलुङमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मुस्ताङ र मनाङमा भने संक्रमित भेटिएका छ्रनन् । त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन् । कास्कीमा ११, स्याङ्जामा ६, बागलुङमा ३ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !