७ आश्विन २०८१, सोमबार

रुपन्देहीमा थप ५१४ जनामा कोरोना संक्रमणको पुष्टि,सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा

प्रकाशित मिति :  14 May, 2021 5:46 pm


रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४ सय ७८ जनमा परीक्षण गर्दा ५१४ जनामा कोरोनाको पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

संक्रमितमध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी १ सय ६५ जना रहेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिँदै आएको बुटवल उपमहानगरपालिकालाई तिलोत्तमाले उछिनेको छ । बुटवल उपमहानगरपालिकामा ६३ जना महिला र ९१ जना पुरुष गरी १ सय ५४ जना संक्रमित देखिएका छन् ।

सिद्धार्थनगर नगरपालिकामा १७ महिला र २८ पुरुष गरी ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरी ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरी २६ जना रहेका छन्। यस्तै, सैनामैना गाउँपालिकामा १५ महिला र १५ पुरुष गरी ३० जना संक्रमित भएका छन्।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरी १० जना, कन्चन गाउँपालिकामा ९ महिला र ७ पुरुष गरी १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरि मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानीय तह गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संक्रमितको संख्या शून्य देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !