देशभर ८,५२० जना कोरोना संक्रमित थपिदा ६,१३५ जना निको, २०३ को मृत्यु
प्रकाशित मिति : 14 May, 2021 6:06 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2021/05/corona-update-_-covid-19.png?fit=3525%2C2304&ssl=1)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५२० जना कोरोना संक्रमित भेटिएका छन् भने २०३ जनाको मृत्यु भएको छ ।
२०९४८ जनाको पिसिआर र ५३० जनाको ऐन्टिजेन परीक्षणका क्रममा ८५२० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या पछिल्लो केही दिन यता स्थिर देखिएपनि मृतकको संख्या भने धेरै छ । निको हुनेको संख्या पनि बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ् अनुसार ६१३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।