६ माघ २०८१, आइतबार

दाङमा जारी निषेधाज्ञा थप, पूर्वपश्चिम चल्ने गाडीले यात्रु चढाउन र झार्न नपाउने [सूचनासहित]

प्रकाशित मिति :  15 May, 2021 1:05 pm


दाङ । दाङमा जारी निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको जनाएको छ ।

हिजो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले निषेधाज्ञा थप गरेका हुन् ।

आज जारी गरिएको सूचनामा अति आवश्यकीय समानहरू खरिद बिक्रीका लागि प्रत्येक हप्ताको आइतबार र बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्मका लागि खुल्ला गरिएको छ । यस्तै दुध र पानी प्रत्यकदिन सोही समयमा खरिद बिक्री गर्न सकिने छ ।

अति आवश्यक सेवाभित्र खाद्यान्न,खानेपानी,दूध,तरकारी,इन्धन, औषधि,विद्युत आपूर्ति,टेलिफोन,फोहोरमैला व्यवस्थापन र पशुपन्छीको दानालाई राखिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग भएर यस जिल्लामा गुड्ने गाडीले जिल्लाभित्र यात्रु चढाउन र झार्र्न निषेध गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरू निम्न अनुसार आलोपालो गरि दिनको ११ बजेदेखि १ बजेसम्म खुला रहने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !