६ माघ २०८१, आइतबार

गण्डकी प्रदेशमा ७७० जना कोरोना संक्रमित थपिए,१४ जनाको मृत्यु

प्रकाशित मिति :  15 May, 2021 4:25 pm


काठमाडौं । गण्डकी प्रदेशमा ७७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तथ्याङक अनुसार गण्डकी प्रदेशका ११ जिल्ला मध्य ८ जिल्लामा ७७० जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै १४ जना संक्रमितको ज्यान गएको छ ।

गण्डकीमा सबैभन्दा धेरै म्याग्दीमा २३० जना कोरोना संक्रमित भेटिएका छन् भने कास्कीमा १६८ जना, नवलपरासी पूर्वमा १४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बागलुङमा ७९, तनहुँमा ५८, गोरखामा ४९, स्याङ्जामा २१, पर्वतमा १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मुस्ताङ, मनाङ र लमजुङमा भने संक्रमित भेटिएनन् । संक्रमित मध्य ३३० जना महिला र ४४० जना पुरुष छन् ।
कोरोनाका कारण ज्यान गुमाउनेमा कास्कीका ६, पवर्तका ३,स्याङ्जाका २, म्याग्दी,गोरखा र तनहुँका १/१ जना छन् ।



प्रतिक्रिया दिनुहोस !